छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु
काठमाडौं– देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । ललितपुर, नवलपरासी (पूर्व), बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ...
काठमाडौं– देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । ललितपुर, नवलपरासी (पूर्व), बर्दिया, सिन्धुली, पर्सा, सप्तरी, कास्की, मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको हो ।
गोदावरी नगरपालिका–२ लट्टा भन्ज्याङ्स्थित सडकमा बा४ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–४ चुलिबोझास्थित सडकमा लु।३ त ७६०७ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक देवचुली नगरपालिका–९ बस्ने २५ वर्षीय बिकास गोतामे मगरको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनविरस्थित सडकमा से।२ प १३२१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ वनविर गाउँ बस्ने पैदलयात्री ५० वर्षीया उचानी थारुको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।











