Kathmandu Press

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजविराज, माघ ४ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।सप्तरीको तिलाठी कोइलाडी...
सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

राजविराज, माघ ४ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा संकट आएको समयमा पत्रकारले खेल्ने भूमिका महत्वपूर्ण भएको बताए।

कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई संकट परेको खण्डमा पत्रकारले गरेको योगदान महत्वपूर्ण हुने उनले बताए। सञ्चार क्षेत्रको विकासबिना देशमा सुशासन र समृद्धिको कल्पनासमेत गर्न कठिन रहेको बताउँदै मुख्यमन्त्री राउतले सञ्चारगृहको विकास हुनुपर्नेमा जोड दिए।

प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि छिट्टै सञ्चार प्राधिकरण गठन र मिडिया काउन्सिलसम्बन्धी कार्य अगाडि बढाउन लागेको जानकारी दिँदै उनले प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारको हकहित र उनीहरूको स्तरवृद्धि र  समस्याप्रति गम्भीर रहेको उल्लेख गरे। सप्तरी जिल्ला आन्दोलनको ऐतिहासिक भूमि रहेको भन्दै मुख्यमन्त्री राउतले मधेसी समुदाय उत्पीडित, पिछडिएका वर्ग, दलित, जनजाति, मुस्लिम, महिलाले अधिकार प्राप्तिका लागि समय समयमा विभिन्न आन्दोलनसमेत गरेको बताए। मिडियाको भूमिका अग्रस्थानमा भए मात्र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ थियो।  

कार्यक्रममा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस स्वतान्त्रका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए सामाजिक विकासमन्त्री नवलकिशोर साहले बर्सेनि आउने बाढीले क्षतिग्रस्त र डुबान हुने सप्तरीको पूर्वी भेगका जनताको समस्याका लागि प्रदेश सरकारले पनि चासो लिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्