Kathmandu Press

कोरोनाबाट विदेशमा तीन सय १९ नेपालीको मृत्यु

काठमाडौं, माघ ४ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ। योसँगै कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या तीन...
कोरोनाबाट विदेशमा तीन सय १९ नेपालीको मृत्यु

काठमाडौं, माघ ४ : कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ। योसँगै कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या तीन सय १९ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता बेलायत र दक्षिण अफ्रिकामा दुई जना नेपालीले ज्यान गुमाएका हुन्। योसँगै संसारका २० देशमा कोरोनाबाट तीन सय १९ नेपालीले ज्यान गुमाएका हुन्।

एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा कोरोना देखिएको छ। उनीहरुमध्ये ५२ हजार नौ सय ४५ जना निको भएका छन्।

गत साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वका देशमा रहेका नेपालीमा कोरोना देखिएको हो।

 

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्