Kathmandu Press

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ ४ : साताको पहिलो दिन नै सुनको मूल्य ओरालो लागेको छ। आज सुनको भाउ सात सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय पुगेको छ। शुक्रबार ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा झरेको छ। शुक्रबार ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ३० पुगेको महासंघले जनाएको छ। शुक्रबार एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ११:२८ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्