Kathmandu Press

पर्सामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, माघ ३ : नेपाली सेनाले पर्साको धोविनी गाउँपालिका ४ जनता स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।सेनाले नागरिक सैनिक...
पर्सामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, माघ ३ : नेपाली सेनाले पर्साको धोविनी गाउँपालिका ४ जनता स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

सेनाले नागरिक सैनिक सम्बन्ध अभिबृद्धि गर्ने उद्देश्यले जनरल ओपीडी तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ। शिविरमा दुई सय ९७ जनाको उपचार गरिएको छ।

नेपाली सेनाको २८ नंं बाहिनी र २८ नं. फिल्ड एम्बुलेन्स गुल्मले नेपाल औषधि उत्पादक संघ, प्रदेश २ को सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चण्डीप्रसाद गणको संयोजकत्वमा शिविर संचालन गरेको हो।

शिविरमा चण्डीप्रसाद गणले दुई हजार वटा मास्क र दुई सय वटा झुल पनि वितरण गरेको छ।

 

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, माघ ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्