Kathmandu Press

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं, माघ ३ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ।नयाँदिल्लीको अकबर रोडस्थित सिंहको...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंह। तस्बिर: भारतीय रक्षामन्त्री राजनाथ सिंहकाे ट्वीटरबाट

काठमाडौं, माघ ३ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ।

नयाँदिल्लीको अकबर रोडस्थित सिंहको निवासमा भएको भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलगायत सहभागी थिए।

रक्षामन्त्री सिंह भारतमा नेपाल मामिलाविज्ञ पनि मानिन्छन्। सिंहले ट्विट गर्दै मन्त्री ज्ञवालीसँग भेट भएको जानकारी दिएका हुन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका थिए। आज साँझ स्वदेश फर्किनुअघि उनी उच्चस्तरीय राजनीतिक भेटघाटमा छन्।

 

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्