Kathmandu Press

गुडिरहेको ट्रकमा आगलागी

तनहुँ, माघ ३ : तनहुँमा आज बिहान गुडिरहेको ट्रकमा आगलागी भएको छ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा ट्रकमा आगलागी भएको हो।दमौलीबाट डुम्रेतर्फ जाँदै...
गुडिरहेको ट्रकमा आगलागी

तनहुँ, माघ ३ : तनहुँमा आज बिहान गुडिरहेको ट्रकमा आगलागी भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा ट्रकमा आगलागी भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगालागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागी हुने वितिक्कै चालक ओर्लेकाले जोगिएको जनाएको छ।

प्रकाशित मिति: १०:५८ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्