Kathmandu Press

लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु

हुम्ला, माघ ३ : हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ।पुस...
लडेर घाइते भएका प्रहरी हवल्दारको मृत्यु

हुम्ला, माघ ३ : हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ।

पुस २८ गते सुरक्षा गस्तीमा गएको वेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज लगिएकाे थियाे। 

त्यहाँ पनि उपचार हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो। उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रकाशित मिति: १०:१२ बजे, शनिबार, माघ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्