Kathmandu Press

भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री    

गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ संकल्प आवश्यक रहेको बताएका छन् ।
भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री    

भक्तपुर–  गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ संकल्प आवश्यक रहेको बताएका छन् । बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिक स्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दैै उनले भूकम्पबाट आफ्नो सुरक्षा आफैँले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताएका हुन् ।
     
‘हरेक वर्ष नयाँ सङ्कल्प गर्दै आएका छौँ, भूकम्पविरुद्ध दृढ सङ्कल्पसहित उभिनेछौं, सचेत रहनेछौं भन्ने सङ्कल्प यस वर्ष पनि गर्‍यौ,’ उनले भने, ‘भूकम्पको सामना गर्न सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सक्यौँ भने यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्छौँ ।’

भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको छ भन्दै उनले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औंल्याए ।
 

प्रकाशित मिति: १८:५४ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्