चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेर विचाराधीन मुद्दाबारे छलफल गरेको दाबी
नेकपा प्रचण्ड–नेपाल समूहकी सांसद शशि श्रेष्ठले सर्वोच्चका चार न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाका विषयमा छलफल गरेको दाबी गरेकी हुन् ।
काठमाडौं– सर्वोच्चका चार न्यायाधीशले प्रतिनिधिसभा विघटन मुद्दाकाे विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेकाे दाबी गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहकी सांसद शशि श्रेष्ठले सर्वोच्चका चार न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाका विषयमा छलफल गरेको दाबी गरेकी हुन् ।
पुस २६ मा सर्वोच्चका वरिष्ठ न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्री ओलीसँग राति भेटवार्ता गरेको स्रोतको दाबी छ । यस्तै, पुस २७ मा सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेको स्रोतको दाबी छ।
रिट फैसला नहुँदासम्म न्यायाधीशले मुद्दाका वादी र प्रतिवादलाई भेट्न नपाइने आचारसंहिताको विपरीत सो भेटघाट भएको भन्दै न्यायाधीशहरुको आलोचना गरिएको छ ।
प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











