Kathmandu Press

कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा ११ जनाको मृत्यु

मुम्बाई, माघ २ : भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको छ।मिनीबस र विपरीत...
कर्नाटकमा बस र ट्रक आपस ठोक्किँदा ११ जनाको मृत्यु

मुम्बाई, माघ २ : भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको छ।

मिनीबस र विपरीत दिशाबाट आएको अर्को एक ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्याइएको छ। 

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ। प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ। प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक रहेको छ। 

ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए। उनीहरु गोवा जान लागेका थिए।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्