जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
सिरहा, जेठ ४ : जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ।
चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गो....

सिरहा, जेठ ४ : जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ।
चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो।
छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले आक्रमण गरेको स्थानीय बासिन्दाले बताए। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले बताए।
हात्तीले गोलबजार नगरपालिका–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको छ।
प्रकाशित मिति: १५:२६ बजे, शनिबार, जेठ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











