Kathmandu Press

आठ करोड कित्ताका लागि इन्फास्टक्चर बैंकको आइपिओ खुल्यो

आठ करोड कित्ताका लागि इन्फास्टक्चर बैंकको आइपिओ खुल्यो

काठमाडौं, माघ २ : अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर)का खुलेको छ।

आजदेखि खुलेको आईपीओका लागि पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। यसका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

इन्फास्टक्चर बैंकले एक सय मूल्यका आठ करोड कित्ताका लागि आवेदन खोलेको हो। यसमध्ये कर्मचारीका लागि एक लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ।

अन्य सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्। बैंकको चुक्ता पुँजी २० अर्ब रहेको छ।

 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्