Kathmandu Press

कोरोना संक्रमणको कारण बाँकेमा एक महिलाको मृत्यु

काठमाडौं, माघ २ : कोरोना संक्रमणको कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा...
कोरोना संक्रमणको कारण बाँकेमा एक महिलाको मृत्यु

काठमाडौं, माघ २ : कोरोना संक्रमणको कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या आएपछि उनलाई पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्