संसद् विघटनविरुद्ध कांग्रेसको देशव्यापी आन्दोलन घोषणा
काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेसले माघ ३ गते देशका ७५३ स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो ।कांग्रेस...
काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । कांग्रेसले माघ ३ गते देशका ७५३ स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने क्रममा माघ ३ गते ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने जानकारी दिए । यसअघि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











