उपचारपछि स्वदेश फर्किइन प्रचण्ड पत्नी सीता
काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी स्वदेश फर्किएकी छन्। भारतको मुम्बईमा उपचारपछि...
काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी स्वदेश फर्किएकी छन्। भारतको मुम्बईमा उपचारपछि उनी बिहीबार स्वदेश फर्किएकी हुन्।
उनी पुस २० गते उपचारको लागि मुम्बई गएकी थिइन्। उनी लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन्।
यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











