पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छ : डा.कोइराला
काडमाडौं, जेड ४ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन्।
कांग्रेस चितवन–काठमा....

काडमाडौं, जेड ४ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन्।
कांग्रेस चितवन–काठमाडौं सम्पर्क समाजले आज काठमाडौंमा आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए।
‘सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,’ उनले भने। पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उनको भनाइ थियो।
नेता कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताए। ‘महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि कांग्रेस अग्रसर हुनुपर्दछ,’ उनले भने।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने बताए। ‘कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, कांग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,’ उनले भने। (रासस)











