Kathmandu Press

ट्रकको ठक्करबाट एकको मृत्यु

कपिलवस्तु, माघ २ : कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्बरको...
ट्रकको ठक्करबाट एकको मृत्यु

कपिलवस्तु, माघ २ : कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नम्बरको ट्रकले गएराति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। तट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: ११:०१ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्