हिंसा भड्काउन खाेजेकाे भन्दै स्न्यापच्याटले पनि लगायो ट्रम्पलाई स्थायी प्रतिबन्ध
काठमाडौ : स्न्यापच्याटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट स्थायी रुपमा प्रतिबन्ध लगाएको छ। ट्रम्पले मोबाइल एपको नियम उल्लंघन गर्दै पटक(पटक आफ्नो बोली मार्फत घृणा...
काठमाडौ : स्न्यापच्याटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट स्थायी रुपमा प्रतिबन्ध लगाएको छ। ट्रम्पले मोबाइल एपको नियम उल्लंघन गर्दै पटक(पटक आफ्नो बोली मार्फत घृणा र हिंसा भड्काउने प्रयास गरेकाले यो प्रतिबन्ध लागेको हो।
गत ६ जनवरीको क्यापिटल हिंसापछि ट्रम्पको खाता अनिश्चितकालका लागि निलम्बित गरिएको थियो। स्न्यापच्याटले अहिलेको स्थायी प्रतिबन्ध, एपको दीर्घकालीन दायित्व अनुरूप हुनगएको भनाइ विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो। कम्पनीले यस विज्ञप्तिमा, ‘ट्रम्पको गलत सूचना फैलाउने प्रयास, घृणायुक्त बोलीर हिंसालाई उक्साउने कार्यले एपको दिशानिर्देशनलाई उलंघन गरेका र सार्वजनिक सुरक्षाको खातिर उनको खातालाई स्थायी निलम्बन गर्ने निर्णय गरेका छौँ,’ भनेको थियो।
ट्रम्पलाई यसअघि उनको ट्विटर, फेसबुक र इन्स्टाग्राम खातामा अनिश्चितकालिन प्रतिबन्धन लागाइएको थियो। उनलाई गुगलको यूट्यूबले पनि एक हप्तासम्म पोष्ट गर्न रोक लगाएको थियो।
गत वर्ष अमेरिकन प्रहरी अधिकृतलेएक काला व्यक्तिलाई गोली हानी हत्या गरे। व्यापक बिरोध प्रदर्शनभइरहेकै बेला ट्रम्पले बयान मार्फत जातीय घृणा फैलाउने काम गरेका थिए। त्यसबेला पनि अन्य सामाजिक संजालभन्दा पहिलास्न्यापच्याटले कार्वाही गर्ने निर्णय लिएको थियो। स्न्यापच्याटले त्यसबखत ट्रम्पको पोष्ट सबैतिर फैलन नदिइ कमसेकम ट्रम्पको खाताका अनुयायीमै सिमीत राख्ने महत्वपूर्ण पहल गरेको थियो।
त्यसपछि, ट्रम्पले दर्जनौँ पटक स्न्यापच्याटको सेवाकोशर्त र दिशानिर्देशनहरू उल्लंघन प्रयास गरिरहेका थिए। स्यान्टा मोनिका,क्यालिफोर्निया स्थित कम्पनी अनुसार, ट्रम्पको यस्तो प्रयास विरूद्ध हरेकपटक एपले पोष्टलाई खारेज गर्दै उनको एपमा भएको खाता समुहलाई चेतावनी पठाउँथ्यो।
स्न्यापलेट्रम्पलाई गरेको स्थायी प्रतिबन्धबारे अमेरिकी अनलाइन समाचार एक्सियसद्वारा सर्वप्रथम रिपोर्ट गरिएको थियो।
ब्लुमबर्ग डटकमबाट











-(86)-1764936079.jpg)
