Kathmandu Press

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको उद्घाटन

लुम्बिनी, जेठ ४ : २५६३औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’को उद्घाटन गरेकी छन्।

....
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको उद्घाटन
रासस

लुम्बिनी, जेठ ४ : २५६३औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’को उद्घाटन गरेकी छन्।

आज बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष’को उद्घाटन गरेकी हुन्।

लुम्बिनी भ्रमण वर्षको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताइन्। उनले लुम्बिनीको विकासमा जोड दिनु पर्ने बताइन्।

उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरिन। बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन्।

लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरताकायम गर्दै जानुपर्ने बताइन।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका व्यक्ति सहभागी रहेका छन्।

प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिन्धी भ्रमण वर्ष घोषणा गरेको छ। प्रदेश सरकारले यो वर्ष लुम्बिनी भ्रमणका लागि सबैलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति: १४:१९ बजे, शनिबार, जेठ ४, २०७६