Kathmandu Press

मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनी पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२  ३९...
मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनी पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२  ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

घलानउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम घलानउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्