Kathmandu Press

बस दुर्घटनामा एकको मृत्यु, ३० यात्रु घाइते

हेटौडा, जेठ ४ : पूर्व-पश्चम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुइटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

....
बस दुर्घटनामा एकको मृत्यु, ३० यात्रु घाइते

हेटौडा, जेठ ४ : पूर्व-पश्चम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुइटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं. को यात्रुबाहक बस र इलामको पशुपतनगरबाट काठमाडौँ तफै जाँदै गरेको ना ७ ख २०५७ नं. को अर्को यात्रुबाहक बस आज एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा काठमाडौँ जाँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा सख्त घाइते ४० वर्षीय मानबहादुरको उपचारको क्रममा चुरेहल अस्पतालमा मृत्यु भएको जिल्ला प्रिहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

अर्का बसको चालक भने फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको छ। केही सामान्य घाइते प्राथमिक उपचारपछि घर फर्किएका छन्।

 

प्रकाशित मिति: १२:२० बजे, शनिबार, जेठ ४, २०७६