Kathmandu Press

तराई मुक्ति मोर्चाद्वारा गाउँपालिका अध्यक्षको घरमा बम विष्फोट

सप्तरी, जेठ ४ : जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सप्तरीको बलान विहुल गाउँपालिकाअध्यक्ष दयानन्द गोइतको घरमा बम वि....

तराई मुक्ति मोर्चाद्वारा गाउँपालिका अध्यक्षको घरमा बम विष्फोट

सप्तरी, जेठ ४ : जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सप्तरीको बलान विहुल गाउँपालिकाअध्यक्ष दयानन्द गोइतको घरमा बम विष्फोट गराएको छ।

हिजो राति साढे १२ बजेतिर गाउँपालिका अध्यक्ष गोइतको घरमा बम विष्फोट गरिएको हो। बिष्फोटमा परी गोइतका काका ६२ वर्षीय श्यामानन्द घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिष्फोटबाट पर्खाल भत्किएको र सामान्य क्षति भएको जनाएको छ। प्रहरीले बिष्फोट गराउने समूहको खोजी भइरहेको जनाएको छ।

प्रहरीले यसमा अनुसन्धान भइरहेको जनाए पनि जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले यसको जिम्मेवारी लिएको छ। प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचारमा संलग्न रहेकाले कारवाही गरिएको जनाएको छ।

 

प्रकाशित मिति: १२:०९ बजे, शनिबार, जेठ ४, २०७६