Kathmandu Press

प्रहरीद्वारा स्रोत नखुलेको ९ लाख ३९ हजार रुपैयाँ बरामद

सिरहा, माघ १ : सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको  ९ लाख ३९ हजार रुपैयाँसहित दुई जनालाईपक्राउ गरेको छ। बुधबार दिउँसो गोप्य...
प्रहरीद्वारा स्रोत नखुलेको ९ लाख ३९ हजार रुपैयाँ बरामद

सिरहा, माघ १ : सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको  ९ लाख ३९ हजार रुपैयाँसहित दुई जनालाईपक्राउ गरेको छ। 

बुधबार दिउँसो गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सिमावर्ती भारतीय बजार लदनियाँबाट स८प ९६१४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका बरियारपट्टी गाउँपालिका २ खोक्सीका ४० वर्षीय मोहम्मद सगिर मिया र पछाडी बस्ने २४ वर्षीय मेहदी मंसुरलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेशवारीमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि गत शनिबार राति सिरहाको दक्षिणी सिमावर्ती सिरहा नगरपालिका २१ लगडीगोठबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्