सेन्ट्रल फाइनान्सको साधारणसभा २३ माघमा
सेन्ट्रलले ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न माघ १२ गते बुक क्लोज गर्ने भएको हो ।
काठमाडौं– सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभाका लागि सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । सेन्ट्रलले ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न माघ १२ गते बुक क्लोज गर्ने भएको हो ।
‘साधारण सभा तथा नगद लाभांश र बोनस सेयर दिने प्रयोजनका निमित्त २०७७÷१०÷१२ गते सोमबारका दिन यस संस्थाको सेयर दाखिला खारेज बन्दा गर्ने निर्णय भएकाले उक्त बेहोरा जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
सेन्ट्रले २४औं वार्षिक साधारण सभा माघ २३ गते शुक्रबारका दिन गर्दै छ ।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
