Kathmandu Press

कांग्रेस सभापति देउवाद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

काठमाडौं, माघ १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले सबैको...
कांग्रेस सभापति देउवाद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

काठमाडौं, माघ १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका हुन्।

विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको भन्दै उनले एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गरेका छन्। 

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्