भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
काठमाडौं, माघ १ : काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्। महानगरीय...
काठमाडौं, माघ १ : काठमाडौँको भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नंको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्। महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ। घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए। बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ।
प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











