नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, माघ १ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ।नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे स्थायी कमिटी...
काठमाडौं, माघ १ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ।
नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो। आजको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड नेपाल समूह आन्दोलनमा छ। अहिले दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत भेला, प्रशिक्षण र आमसभामा जोड दिएको छ।
यसै विषयमा छलफल गर्न र थप रणनीति बनाउन बैठक बस्न लागेको जनाएको छ।
प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











