बुद्ध जयन्तीमा ‘लुम्बिनी भ्रमण वर्ष’को उद्घाटन गरिँदै
लुम्बिनी, जेठ ४ : आज २५६३औँ बुद्धजयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष २९७६’को उद्घाटन गरिने भएको छ।
राष्ट्रपति ....
लुम्बिनी, जेठ ४ : आज २५६३औँ बुद्धजयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष २९७६’को उद्घाटन गरिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक लुम्बिनीमा दीप प्रज्वलन गरेका छन्।
प्रदेश ५ प्रदेश सरकारले आयोजना गरेको ‘लुम्बिनी भ्रमण वर्ष २०७६’का अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज शान्ति र्याली निकालिएको छ। र्यालीमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन्।
यस अघि उनले लुम्बिनीमा भण्डोत्तोलन पनि गरेका थिए। त्यस्तै प्रधानमन्त्री ओलीले फलफूलका बिरुवा रोपेका छन।
यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश दिदै लुम्बिनी भ्रमणका लागि सबैलाई आग्रह गरेका छन्।
उनले भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गदै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको बताएका छन्।






