Kathmandu Press

टाटाका गाडी किन्दा हिमालयन बैंकले सहुलियत ब्याजमा कर्जा दिने

टाटाका गाडी किन्दा हिमालयन बैंकले सहुलियत ब्याजमा कर्जा दिने

काठमाडौं, माघ १ : हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच टाटाका कमर्सियल र प्यासेन्जर गाडीको खरिदमा सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।

हिमालयन बैंकले देशभरका शाखामार्फत सिप्रदीको देशभरका शोरुम तथा आधिकारिक डिलरबाट कमर्सियल गाडी खरिदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म अति न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको छ।

यसका लागि भएको सम्झौतापत्रमा सिप्रदीको कमर्सियल भेहिकलका तर्फबाट जनरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाहले हस्ताक्षर गरेका छन्र

केही दिनअघि टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङसँगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी ल्याएको छ। सहज र सरल कर्जासम्बन्धी सहकार्यले टाटाको नयाँ कमर्सियल र प्यासेन्जर गाडीका ग्राहकलाई फाइदा पुग्ने जनाएको छ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्