Kathmandu Press

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै

काठमाडौं, माघ १ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत जान लागेका छन्।परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेपाल–भारतको संयुक्त आयोगको...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै

काठमाडौं, माघ १ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत जान लागेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवाली नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने भएका छन्।

संयुक्त आयोगको बैठकमा नेपाल–भारतको द्विपक्षीय हित प्रवरद्धधन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोगका विषयमा छलफल हुने जनाएको छ।

यो भ्रमणमा विशेष गरेर कोरोना भाइरसविरुद्धको खोपका विषयमा पनि छलफल हुने जनाएको छ। भारतमा कोरोनाविरुद्धको खोप तयार भएको छ।

यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा राजनीतिक भेटवार्ता पनि गर्ने जनाएको छ।

उनी माघ ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: १०:५९ बजे, बिहीबार, माघ १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्