Kathmandu Press

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, पुस २९ : नेपालमा बुधबार कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९...
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं, पुस २९ : नेपालमा बुधबार कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ। 

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ। 
त्यस्तै, बुधबार देशभर ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ। 

साथै गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर नेपालमा ९७.६ प्रतिशत रहेको छ। 
 

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्