Kathmandu Press

नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २९ : नेपालमा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार १५४ जनामा गरिएको परीक्षणमा ४४५ जनामा कोरोना संक्रमण...
नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २९ : नेपालमा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार १५४ जनामा गरिएको परीक्षणमा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ। 

साथै गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर नेपालमा ९७.६ प्रतिशत रहेको छ। 
 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्