Kathmandu Press

घरेलु मदिरा सेवनबाट भारतमा एकै गाउँका २० जनाको मृत्यु

नयाँ दिल्ली, पुस २९ : भारत मध्यप्रदेशको मुरैनाको विसंगापुरा–मानपुरमा विषालु मदिरा सेवनबाट २० जनाको मृत्यु भएको छ। एकै गाउँका धेरै जना बिरामीलाई उपचारको...
घरेलु मदिरा सेवनबाट भारतमा एकै गाउँका २० जनाको मृत्यु

नयाँ दिल्ली, पुस २९ : भारत मध्यप्रदेशको मुरैनाको विसंगापुरा–मानपुरमा विषालु मदिरा सेवनबाट २० जनाको मृत्यु भएको छ। एकै गाउँका धेरै जना बिरामीलाई उपचारको लागि अस्पताल गएपछि घटना बाहिर आएको हो। 

अधिकारीहरुका अनुसार तीन दिनको अवधिमा विषालु मदिरा सेवनबाट २० जनाको मृत्यु भएको हो। घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। 

Hardik ivf

विषालु घरेलु मदिरा सेवनबाट २० जनाको मृत्यु भएपछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मुरैनाका प्रहरी प्रमुख र प्रशासन प्रमुखलाई हटाउने भएका छन्। बुधबार उच्च अधिकारीहरुको बैठकपछि उनले केही प्रहरी अधिकारीलाई निलम्बनसमेत गरेका छन्। 

विषालु मदिरा सेवनबाट स्थानीयको मृत्यु भएपछि स्थानीयले राजमार्गमा शव रागेर विरोध जनाएका छन्। 

प्रकाशित मिति: १५:०० बजे, बुधबार, पुस २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्