Kathmandu Press

निगमका सेयरधनीलाई दुई अर्ब २० करोड लाभांश वितरण गरिँदै

काठमाडौं, पुस २९ : नेपाल आयल निगमले गत वर्षको नाफाबाट सेयरधनीलाई दुई अर्ब २० करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको छ।सेयरधनीलाई लाभांश वितरण...
निगमका सेयरधनीलाई दुई अर्ब २० करोड लाभांश वितरण गरिँदै

काठमाडौं, पुस २९ : नेपाल आयल निगमले गत वर्षको नाफाबाट सेयरधनीलाई दुई अर्ब २० करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको छ।

सेयरधनीलाई लाभांश वितरण गर्नका लागि निगम सञ्चालक समितिले स्वीकृति दिएको छ। चुक्तापुँजीको २० प्रतिशत बराबर हुन आउने दुई अर्ब २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

निगमले गत आर्थिक वर्ष १२ अर्ब ९१ करोड ४८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो। त्यहि नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिने भएको हो।

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्