Kathmandu Press

हुम्लामा सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो

हुम्ला, पुस २९ : हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ। तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा।घरमै सुत्केरी हुँदा आमा÷बच्चाको स्वास्थ्य...
हुम्लामा सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो

हुम्ला, पुस २९ : हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ। तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा।

घरमै सुत्केरी हुँदा आमा÷बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो।

जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन शुरू गरेको छ। कार्डको एकातिर गर्भवती भएकोमा बधाई दिइएको छ भने चार, छ, आठ र नौ महिनामा अनिवार्य गर्भ जाँच गर्न आग्रह गरिएको छ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गर्भवतीलाई अनिवार्य रूपमा स्वास्थ्यचौकीमा आउन निमन्त्रणा कार्ड नै वितरण शुरू गरिएको हो। ‘कार्डमा गर्भवती भएका बेला अपनाउनुपर्ने र सचेत हुनुपर्ने कुराहरू पनि समावेश गरेका छौं,’ उनले भने, ‘कम्तीमा चार पटक गर्भ जाँच गराउन पनि निमन्त्रणा कार्डमार्फत नै सम्झाउन खोजेका छौं।’

गाउँपालिकाभित्र जोखिमका साथ परम्परागत रूपमा घरमै सुत्केरी हुने अवस्था हटाउन यस्तो उपाय निकालिएको बताउँदै संयोजक शाहीले बालमृत्युदर कम गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए। स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवतीलाई तीन हजार रुपैयाँ यातायात खर्च र नियमानुसार स्वास्थ्यचौकी आएर चार पटक चेकजाँच गरेपछि थप ८०० रुपैयाँ पाउने व्यवस्था रहेको बताउँदै उनले नवजात शिशुलाई पनि न्यानो झोला र लुगा दिने व्यवस्था छ। 

पछिल्ला समय स्वास्थ्यचौकीमा आएर १०१ गर्भवतीले सुरक्षित सुत्केरी गराएको संयोजक शाहीले जानकारी दिए। सुत्केरी तथा गर्भवती महिलालाई निम्तोपत्र दिने अभ्यास गर्ने खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह रहेको छ। शुरुका वर्षमा गाउँघरमै सुत्केरी हुने र हाल गाउँपालिकाले सुरक्षित सुत्केरीका लागि निम्तो पठाएपछि स्वास्थ्यचौकी गर्भवती हुनेको सङ्ख्या बढेको  स्वास्थ्य शाखाले जनाएको छ। 

प्रकाशित मिति: १२:०९ बजे, बुधबार, पुस २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्