प्रधानमन्त्री ओली चढेको हेलिकप्टर चितवनमा आकस्मिक अवतरण
काठमाडाैं, जेठ ३ : प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ।
प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कार....
काठमाडाैं, जेठ ३ : प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ।
प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण शुक्रबार अपराह्न ४ बजेर ५० मिनेट जाँदा चितवनको भरतपुरस्थित आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरिएको हो। प्रधानमन्त्री ओली कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी हुन हेलिकप्टरमार्फत त्यसतर्फ जाँदै थिए।
भरतपुरको आर्मी ब्यारेकमा हेलिकप्टरले आकस्मिक अवतरण गरेपछि प्रधानमन्त्री ओली ४० मिनेट ब्यारेकमै बसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए। मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत नै कपिलवस्तु प्रस्थान गरेको उनले बताए।
प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, जेठ ३, २०७६
थप समाचार






