अख्तियारको सञ्चार विज्ञमा अधिकारी
काठमाडौं, जेठ ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञमा शरद अधिकारीलाई नियुक्त भएका छन्।
राष्ट्रिय सुरक्षा, नेपाली डा....

काठमाडौं, जेठ ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञमा शरद अधिकारीलाई नियुक्त भएका छन्।
राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा, सामाजिक विषयबस्तु तथा सुशासन लगायत मानवीय अभिरुचीका विषयमा उनले दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्। अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए।
अधिकारी यसअघि पनि अख्तियारको सञ्चार विज्ञ भएका थिए। त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अधिकारी दुई दशकदेखि नेपाली पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रका विभिन्न विधामा क्रियासिल छन्।
प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, जेठ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











