Kathmandu Press

चुनाव घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ    

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाने निर्णय असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् ।
चुनाव घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ    

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाने निर्णय असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् ।  काठमाडौंमा आज क्रियाशील दलित पत्रकार संघ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत भएको बताए ।     

उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । ‘मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?’  गुरुङले प्रश्न गरे ।

‘ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ,’ मन्त्री गुरुङले भने, ‘अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौं ।’         

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्