Kathmandu Press

नेटटिभीको सिनेप्लस प्याकेजमा ३ हजारभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रम निःशुल्क

नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले सिनेप्लस वर्गअन्तर्गत ३ हजारभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रम निःशुल्क उपलब्ध गराएको छ । नेटटिभीले  सिनेप्लस वर्गअन्तर्गतका ३ हजाभन्दा बढी...
नेटटिभीको सिनेप्लस प्याकेजमा ३ हजारभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रम निःशुल्क

नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले सिनेप्लस वर्गअन्तर्गत ३ हजारभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रम निःशुल्क उपलब्ध गराएको छ । नेटटिभीले  सिनेप्लस वर्गअन्तर्गतका ३ हजाभन्दा बढी चलचित्र, वेभ शृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रम  निःशुल्क रूपमा उपलब्ध गराउने भएकाे हो । 

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार  नेटटिभी सिनेप्लस हेर्न  ग्राहकलाई थप शुल्क लाग्नेछैन ।

राजभण्डारीले भने, ‘हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौं । यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रम हेर्ने अवसर प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्त्वपूर्ण लगानी गर्दै छौ, जसले तीव्र गतिमा विश्वबजारमा उपलब्ध नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछांै ।’
 
नेटटिभ सिनेप्लस र हंगामासहित नेटटिभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यका लागि प्रतिमहिना ९९ रुपैयाँमै चार हजारभन्दा बढी मनोरञ्जनात्मक सामग्री उपलब्ध गराइएको छ ।

‘हामीले प्रतिमहिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेटबाट उपयोग गर्न सक्ने गरी नेटटिभी एन्ड्रोइड र आईओएस एपमा नेटटिभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रम हेर्न सकिने व्यवस्था गरेका छौं,’  भण्डारीले भने ।

नेट टिभीले अन्तर्राष्ट्रिय ओटिटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटिभी सिनेप्लसअन्तर्गत प्रशारण गर्दै छ । नेपालको पहिलो आइपिटिभी सेवा प्रदायक नेटटिभीले  नियमित रूपमा हिन्दी, अंगे्रजी चलचित्र, टिभी सिरियल र टिभी शो जस्ता मनोरञ्जनात्मक सामग्रीहरुसहितको नेटटिभी प्राइम प्याकेज उपलब्ध गराउँदै आइरहेको छ ।
 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्