सरकारसँग दोस्रो चरणको वार्ता गर्न राप्रपाद्वारा वार्ता समितिलाई निर्देशन
काठमाडौं, जेठ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग दोस्रो चरणको वार्ता सकेसम्म चाँडो गर्न वार्ता समितिलाई निर्देशन दिएको छ।
....
काठमाडौं, जेठ ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग दोस्रो चरणको वार्ता सकेसम्म चाँडो गर्न वार्ता समितिलाई निर्देशन दिएको छ।
शुक्रबार धुम्बाराहीमा बसेको पार्टीको विशेष बैठकले सरकारसँगको वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता सुरु गर्न पार्टीको वार्ता समितिलाई निर्देशन दिएको हो।
बैठकमा सरकारसँग भइरहेको वार्ताका विषयमा वरिष्ठ नेता दीपक बोहराले जानकारी गराएका थिए। बैठकमा जनसंघर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा पनि गरिएको छ।
प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावी कार्ययोजना बैठकमा पेश गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकले संगठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सबै तहका कार्यसमितिलाई निर्देशन पनि दिएको छ ।











