वैशाखमा निवार्चन नहुने यादवको दाबी
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले आगामी वैशाखमा गर्ने भनेको निर्वाचन नहुने दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले आगामी वैशाखमा गर्ने भनेको निर्वाचन नहुने दाबी गरेका छन् । सङ्घीय प्रेस फोरम पर्साले आज वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने दाबी गरेका हुन् ।
‘वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन हुँदैन,’ उनले भने, ‘सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउँछ र प्रतिनिधिसभा पुनस्र्थापना हुनेमा म विश्वस्त छ ।’ रहेको उल्लेख गर्दै वैशाख
यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । उनले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएकाले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताएका हुन् ।











