आज ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, पुस २८ : केही दिनदेखि ओरालो लागिरहेको सुनको भाउ आज भने उकालो लागेको छ। मंगलबार ६ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौं, पुस २८ : केही दिनदेखि ओरालो लागिरहेको सुनको भाउ आज भने उकालो लागेको छ। मंगलबार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय पुगेको छ। सोमबार प्रतितोला ९२ हजार दुई सयमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा पुगेको छ। सोमबार ९१ हजार सात सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय ५० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
