Kathmandu Press

कोरोना संक्रमणबाट कांग्रेस नेता तिमिल्सिना निधन

कोरोना संक्रमणबाट कांग्रेस नेता तिमिल्सिना निधन

काठमाडौं, पुस २८ : कोरोना भाइरसको संक्रमणबाट कांग्रेस चितवनका नेता ७७ वर्षीय भक्तिप्रसाद तिमिल्सिनाको निधन भएको छ।

निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको गएराति गएराति निधन भएको कलेजले जनाएको छ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो।

उनले चितवनको नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए। त्यस्तै, कांग्रेसको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर काम गरेका थिए।

उनी नेपाल रेडक्रश सोसाइटीलगायत सामाजिक संघ संस्थामा संलग्न थिए। उनका दुई छोरा र दुई छोरी  छन्।

 

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्