Kathmandu Press

ट्र्याक्टर दुर्घटनामा एक बृद्धको मृत्यु

मार्तडी, पस २८ : बाजुराको बडीमालिका नगरपालिका–९ चौराटीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। दुर्घटनामा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय...
ट्र्याक्टर दुर्घटनामा एक बृद्धको मृत्यु

मार्तडी, पस २८ : बाजुराको बडीमालिका नगरपालिका–९ चौराटीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक बृद्धको मृत्यु भएको छ। 

दुर्घटनामा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी मृत्यु भएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए।

उनका अनुसार खाली रहेका ग्यासका सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै दुर्घटनामा भएको हो। ट्र्याक्टर सडकबाट सडकभन्दा एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

ट्र्याक्टर चालक भने फरार रहेका छन्। ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्