Kathmandu Press

कागतीको झाङमा मृत भेटियो बाघ

भरतपुर, पुस २८ : चितवनको कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा बाघ मरेको अवस्थामा भेटिएको छ।डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका...
कागतीको झाङमा मृत भेटियो बाघ

भरतपुर, पुस २८ : चितवनको कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा बाघ मरेको अवस्थामा भेटिएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मरेको अवस्थामा भेटिएको हो।

मरेको बाघलाई वन कार्यालयमा ल्याइएको छ। दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ।

बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको वन कार्यालयका सूचना अकिारी खनालले बताए। यससम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १०:२६ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्