केहि प्रदेशमा फाट्टफुट्ट बर्षाको सम्भावना
काठमाडौं, पुस २८ : आज तीन वटा प्रदेशमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि...
काठमाडौं, पुस २८ : आज तीन वटा प्रदेशमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।
अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेकोले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको हो ।
यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ ।
हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।











