Kathmandu Press

देशभर गर्मी बढ्यो, तत्कालै पानी पर्ने सम्भावना न्यून    

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । 

‘अब गर्मी नै शुरु भइसकेको भने होइन, केही दिन मौसम सफा भएकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ,’ मौसमविद् मानन्धरले भनिन् ।
     
मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्‍यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।     

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्