Kathmandu Press

बोक्ररलाई मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्चन सेबोनको निर्देशन

सेबोनले आज विज्ञप्ति निकालेर धितोपत्र दलाल (बोक्रर) तथा धितोपत्र व्यापारीलाई खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई सामाजिक उत्तरदायित्वमा खर्चन निर्देशन दिएको हो ।
बोक्ररलाई मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्चन सेबोनको निर्देशन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  धितोपत्र बजारसम्बद्ध संस्थालाई खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्चन निर्देशन दिएको छ । सेबोनले आज विज्ञप्ति निकालेर धितोपत्र दलाल (बोक्रर) तथा धितोपत्र व्यापारीलाई खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई सामाजिक उत्तरदायित्वमा खर्चन निर्देशन दिएको हो ।

विज्ञप्तिमा उल्लेख छ, ‘धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायितव कोषमा छुट्याउने ।’ सो कोषमार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, पुस २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्