राजदूत फिर्ता बोलाउने समाचार झुटो हो : परराष्ट
विभिन्न सञ्चार माध्यमबाट राजदूत फिर्ता बोलाउने तयारीका विषयमा सम्प्रेषित समाचारको विज्ञप्तिमार्फत खण्डन गर्दै परराष्ट्रले राजदूत फिर्ता बोलाउने तयारी नभएको बताएको हो ।
काठमाडौं– परराष्ट्र मन्त्रालयले विभिन्न देशमा खटाइएका राजदूतलाई स्वेदश फिर्ता बोलाउन कुनै तयारी नभएको बताएको छ । विभिन्न सञ्चार माध्यमबाट राजदूत फिर्ता बोलाउने तयारीका विषयमा सम्प्रेषित समाचारको विज्ञप्तिमार्फत खण्डन गर्दै परराष्ट्रले राजदूत फिर्ता बोलाउने तयारी नभएको बताएको हो ।
विज्ञप्तिमा उल्लेख छ, ‘राजदूतहरु फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ परराष्ट्रले त्यस्ता समाचारमा सत्यता नभएको पनि प्रस्ट पारेको छ ।
त्यस्तै, विज्ञप्तिमार्फत आधिकारिक निकायबाट सत्यतथ्य यकिन गरेर समाचार प्रकाशन गर्न अनुरोधसमेत गरिएको छ ।
प्रकाशित मिति: १७:३७ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











